काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनको पाँचौं दिनसम्ममा घरेलु बक्स अफिसमा सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । आइतबारसम्म पाँच करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यस चलचित्रले मंगलबारसम्म आइपुग्दा सात करोडको आँकडा पार गरेको हो ।
चलचित्रका निर्माता मणिराम पोखरेलले मंगलबारसम्म ‘कबड्डी ५’ ले देशभरबाट सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी दिनुभएको छ । प्रदर्शनको सुरुवातदेखि नै यस चलचित्रले आक्रामक व्यापार गरिरहेको छ ।
दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र हेर्न सिनेमा हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । अधिकांश शो हाउसफुल भइरहेका छन् । दर्शकको बढ्दो आकर्षण र उत्साहजनक व्यापारले चलचित्रको आगामी कमाइ थप बढ्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनको छैटौं दिन बुधबार पनि यस चलचित्रले उत्साहजनक दर्शक पाएको छ । उपलब्ध शोमध्ये बिहानै ६० भन्दा बढी शो हाउसफुल भएका थिए । बिहीबार देशभरका सिनेमा हल सञ्चालकले टिकटमा सहुलियत दिने भएकाले चलचित्रको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।
बाँसुरी फिल्मस्को प्रस्तुतिमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपिन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजारलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुनुहुन्छ ।







कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका