काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा समेत माग बढ्न थालेको छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाख पटक हेरिएको छ भने यसै गीतमा आधारित १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् ।
गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुने क्रम अघिबढेको छ । चलचित्रको अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार यसैसाता बिक्री भएको हो । यी दुई देशको प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको निर्देशक अशोक थापा मगरले जानकारी दिनुभयो । निर्देशक मगरका अनुसार अमेरिका र क्यानडामा चलचित्र प्रदर्शनको मिति वितरक र निर्माताबीचको आपसी सल्लाहमा तय गरिनेछ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन अशोक थापा मगरले गर्नुभएको हो । चलचित्रमा उपासना सिंह ठकुरी, सोनम ताप्देन, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्कबहादुर पुन, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । अभिनेता विजय लामा यस चलचित्रमा विशेष भूमिकामा देखिनुहुनेछ ।
चलचित्रको लेखन तथा सम्पादन पनि निर्देशक मगर स्वयंले गर्नुभएको हो । ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा चलचित्रका निर्माता हुनुहुन्छ ।
मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर प्रेमकथा प्रस्तुत गरिएको चलचित्र ‘जलाकी’ले गीतको लोकप्रियतालाई हलसम्मको दर्शकीय आकर्षणमा बदल्ने अपेक्षा गरिएको छ ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र