अमेरिका । नेपाली कला र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने लक्ष्यसहित युवा प्रतिभा समृद्धि क्षेत्री अमेरिकामा आयोजित ‘नेक्स्ट राइजिङ स्टार २०२६’ प्रतियोगितामा सहभागी हुनुभएको छ । अमेरिकाको आयोवा राज्यको डेस मोइन्समा बसोबास गर्दै आउनुभएकी समृद्धि गीतकार टेकु क्षेत्रीकी छोरी हुनुहुन्छ ।
सानैदेखि नृत्य तथा कलाप्रति रुचि राख्दै आउनुभएकी समृद्धिका लागि प्रतियोगितामा सहभागिता आफ्नो प्रतिभा प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने र नयाँ अनुभव हासिल गर्ने अवसर बनेको छ । उहाँको सहभागिताले परिवार, आफन्त, साथीभाइ तथा नेपाली समुदायमा उत्साह थपेको छ ।
समृद्धिलाई प्रतियोगितामा सफल बनाउन गीतकार टेकु क्षेत्रीले विश्वभर छरिएर रहेका नेपाली समुदाय, शुभचिन्तक तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूलाई उनको आधिकारिक प्रोफाइलमा गएर भोट गर्न अपिल गर्नुभएको छ । ‘नयाँ अनुभव हासिल गर्नु, आफ्नो क्षमता प्रस्तुत गर्नु र चुनौतीको सामना गर्नु नै सफलतातर्फको यात्रा हो,’ क्षेत्रीले भन्नुभएको छ ।
‘नेक्स्ट राइजिङ स्टार २०२६’ युवा प्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता हो । प्रतियोगिताको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणनुसार विजेताले २० हजार अमेरिकी डलर नगद पुरस्कारसहित मनोरञ्जन क्षेत्रमा विभिन्न अवसर प्राप्त गर्नेछन् ।
पुरस्कार प्याकेजमा म्यागजिनको कभर फोटोसुट, म्युजिक भिडियोमा सहभागी हुने अवसर तथा सन् २०२७ मा आयोजना हुने पपस्टार अवार्ड्स कार्यक्रममा उपस्थित हुने अवसरसमेत समावेश रहेको जनाइएको छ ।
विदेशमा रहेर पनि आफ्नो रुचि र सपनालाई निरन्तरता दिइरहनुभएकी समृद्धिका लागि प्रतियोगिता अन्तर्राष्ट्रिय दर्शकमाझ प्रतिभा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । प्रतियोगितामा सफल हुन प्रतिभा र मिहिनेतसँगै परिवार तथा समुदायको प्रोत्साहनले पनि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको भोटिङसम्बन्धी उपलब्ध विवरणानुसार योग्य मतदाताले प्रत्येक २४ घण्टामा एक निःशुल्क भोट दिन सक्नेछन् । थप भोटका लागि आर्थिक योगदान गर्ने विकल्पसमेत रहेको जनाइएको छ । भोटिङका नियम तथा सर्तबारे जानकारी लिन प्रतियोगिताको आधिकारिक वेबसाइट हेर्न सकिनेछ । समृद्धिलाई भोट गर्न इच्छुकले तलको लिंकमार्फत उनको आधिकारिक प्रोफाइलमा पुगेर मतदान गर्न सक्नेछन् ।




जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक
रास्वपाका उम्मेदवार बन्न वैवाहिक अवस्था,
नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता