चार हप्तासम्म सञ्चालन हुने क्याम्पेनमा साप्ताहिक पुरस्कार, बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको सम्मान गर्दै ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सञ्चालन गर्ने भएको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्ता चल्ने क्याम्पेनमा ड्राइभर पार्टनर्सले विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गर्नेछन्। यसबाहेक याडिया इलेक्ट्रिक स्कुटर, सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन, एयर फ्रायर, गिफ्ट भौचर र इन्धन भौचरसमेत साप्ताहिक पुरस्कारका रूपमा प्रदान गरिने कम्पनीले जनाएको छ।
ड्राइभर पार्टनर्सको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गर्न लागिएको इनड्राइभले जनाएको छ।
कसरी सहभागी हुने?
काठमाडौंमा इनड्राइभ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेका सक्रिय ड्राइभर पार्टनर्सले क्याम्पेनमा सहभागी हुन सक्नेछन्। पुरस्कार जित्न योग्य हुन ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ।
क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई स्वतः एक लक्की ड्र इन्ट्रीका रूपमा गणना गरिनेछ। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन। धेरै राइड पूरा गर्ने ड्राइभर पार्टनर्सले लक्की ड्रमा थप इन्ट्री प्राप्त गर्ने भएकाले पुरस्कार जित्ने अवसर पनि बढ्नेछ।
योग्य ड्राइभर पार्टनर्समध्येबाट प्रत्येक साता पुरस्कार विजेता छनोट गरिनेछ। क्याम्पेन अवधिभर संकलित सबै योग्य इन्ट्रीलाई अन्तिम बम्पर उपहारको लक्की ड्रमा समेत समावेश गरिने कम्पनीले जनाएको छ।
यस्ता छन् पुरस्कार
चार हप्तासम्म सञ्चालन हुने क्याम्पेनअन्तर्गत इनड्राइभले बम्पर उपहारसहित विभिन्न साप्ताहिक पुरस्कार प्रदान गर्नेछ।
बम्पर उपहार
- एक जनालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल
साप्ताहिक पुरस्कार
- चार जनालाई याडिया इलेक्ट्रिक स्कुटर
- १६ जनालाई सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन
- २० जनालाई एयर फ्रायर
- २०० जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ बराबरको गिफ्ट भौचर
- ८०० जनालाई प्रतिव्यक्ति १० लिटर इन्धन बराबरको भौचर
क्याम्पेनका चार सातामा योग्य ड्राइभर पार्टनर्समध्येबाट साप्ताहिक पुरस्कार विजेता छनोट गरिनेछ। त्यस्तै, क्याम्पेन अवधिभर संकलित योग्य इन्ट्रीमध्येबाट अन्तिम लक्की ड्रमार्फत एक जना विजेतालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्रदान गरिनेछ।
ड्राइभर पार्टनर्सको योगदानको सम्मान
क्याम्पेनबारे इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले ड्राइभर पार्टनर्स दैनिक मोबिलिटी सेवाका मुख्य आधारस्तम्भ रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हाम्रा ड्राइभर पार्टनर्सले निरन्तर गर्दै आउनुभएको मेहनत, समर्पण र योगदानको कदर गर्दै पारदर्शी र आकर्षक तरिकाले सम्मान गर्ने उद्देश्यले हामीले ‘प्लाटिनम गिभअवे’ क्याम्पेन ल्याएका हौं। यस क्याम्पेनमार्फत धेरै राइड पूरा गर्ने ड्राइभर पार्टनर्सले पुरस्कार जित्ने थप अवसर प्राप्त गर्नुहुनेछ।”
उहाँका अनुसार क्याम्पेनले मोबिलिटी इकोसिस्टममा ड्राइभर पार्टनर्सले पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानप्रतिको कम्पनीको सम्मान र प्रतिबद्धता झल्काउनेछ। साथै, यसले ड्राइभर पार्टनर्समा थप उत्साह थप्नुका साथै चाडपर्वको माहोललाई अझ रमाइलो र स्मरणीय बनाउने विश्वास कम्पनीले लिएको छ।
इनड्राइभले यस्ता प्रोत्साहनमूलक क्याम्पेनमार्फत ड्राइभर पार्टनर्ससँगको सम्बन्ध थप सुदृढ बनाउने र नेपालमा विस्तार हुँदै गएको आफ्नो मोबिलिटी इकोसिस्टममा उनीहरूको सक्रिय सहभागिता बढाउँदै थप अवसर सिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ।






कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको
रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान