काठमाडौं । उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन प्रणाली लागू गर्न र प्रवासमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै यी माग सम्बोधन गर्न आग्रह गरेको हो।
पार्टीले स्थानीय तहको निर्वाचनलाई दलीय प्रतिस्पर्धाभन्दा माथि उठाउँदै गैरदलीय प्रणालीका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। त्यस्तै, रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गरेको छ।
लोकतान्त्रिक प्रक्रियामा सबै नागरिकको समान सहभागिता सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने पार्टीको माग छ।
ज्ञापनपत्रमा उठाइएका मागबारे निर्वाचन आयोगले कस्तो कदम चाल्छ भन्ने विषयमा भने थप विवरण आउन बाँकी छ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको