काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको हो।
पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रन बनाए। २५ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, मेहदी हसनले ३२ र कुशल भुर्तेलले २१ रन जोडे। शकिब अल हसनले १४ तथा धनन्जय लक्षणले ११ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक तीन विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेइनले एक–एक विकेट हात पारे।
अब सुदूरपश्चिमले जितका लागि २० ओभरमा १४६ रन बनाउनुपर्नेछ।







यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी