काठमाडौं । पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशसहित कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा अधिकांश बादल लाग्नेछ। यी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
शुक्रबार पनि देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेकाले यात्रा गर्दा तथा हिमाली र पहाडी क्षेत्रमा आवतजावत गर्दा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा