हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८, इपामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीया लिलादेवी खत्री रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार बिहीबार बिहान करिब ७ः३० बजे इपादेउराली-कोगटे-भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले खत्रीलाई ठक्कर दिएको हो ।
खत्री सोही बसमा सवार रहेको र बसबाट ओर्लिएपछि गाडीको अगाडिबाट बाटो काट्ने क्रममा बसको ठक्करमा परेको प्रहरीले जनाएको छ । ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदी र ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटनामा संलग्न बस घटनास्थलमै रहेको छ । बसका चालक भीमफेदी गाउँपालिका-७, कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको टेलिफोन सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भाष्यको राजनीति र सत्यको संकट
नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार
चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,