काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो पहिलो खेल खेलिरहेको काठमान्डु गोर्खाज जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । राहुलले काठमान्डुका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे ।
त्यस्तै, सैफ हसनले २ विकेट लिँदा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए ।
ब्याटिङतर्फ काठमान्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए ।
काठमान्डुले सुरुवातदेखि नै नियमित विकेट गुमाएको थियो । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन पुग्दा हरिशंकर शाहको विकेट गुमायो । साम १ र हरिशंकर ९ रनमा आउट भए ।
त्यसपछि पनि काठमान्डुको विकेट पतन रोकिएन । रसिद खान १७, स्मित पटेल १३, सुमित महर्जन १०, कप्तान करण केसी ८ र जहानदाद खान ५ रनमा आउट भए । मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए भने रिपोन मोन्डलले ९ रन बनाए । शाहव आलम ४ रनमा अविजित रहे ।
काठमान्डुले टोलीमा अनुबन्ध गरेका अस्ट्रेलियाली खेलाडी डेभिड वार्नर भने पहिलो खेलमा अनुपस्थित छन् । उनी आइतबार मात्रै नेपाल आइपुग्ने बताइएको छ । यस खेलमा काठमान्डुले रिपोन मोन्डल र जहानदाद खानलाई मैदान उतारेको छ । जनकपुरका जिम्मी निशम भने यसअघिको खेल खेले पनि यसपटक बेन्चमा छन् ।






लुम्बिनीका ७ प्रतिशतभन्दा बढी बालबालिका
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय
साढे ५ घण्टा ढिलो कांग्रेस
भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर
कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक