काठमाडौं । नेपाली कांग्रेसका चार जना नवनिर्वाचित केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिन नपाउने भएका छन् ।
शपथ लिन नपाउनेमा केन्द्रीय सदस्यहरू मोहन बस्नेत, विनिता खड्का, उमेशचन्द्र यादव र सन्तोष चालिसे रहेका छन् ।
कांग्रेस स्रोतका अनुसार उनीहरूविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले शपथ नगराउने निर्णय गरिएको हो । यद्यपि, यस विषयमा स्रोतले थप विवरण खुलाउन चाहेन ।
सभापति गगन थापाबाहेक नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसोका लागि तय गरिएको छ । सभापति थापाले भने यसअघि नै शपथ लिइसक्नुभएको छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा