काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार विद्यालयमा आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानबापतको १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरिएको पाइएको छ ।
आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह, तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंह र तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार विद्यालयको पुस्तकालय अनुदानबापत प्राप्त रकम विद्यालयका पदाधिकारी तथा कर्मचारीले सापटी लिएको तर फिर्ता नगरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा चारै जनाले आपसमा मिलेमतो गरी सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाई विद्यालयको रकम गैरकानुनी रूपमा बाँडेर लिएको पाइएको आयोगले जनाएको छ ।
उक्त कार्यबाट १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरी विद्यालयलाई हानिनोक्सानी पुर्याएको देखिएकाले उनीहरूलाई कानुनबमोजिम सजायको मागदाबी गर्दै बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका