काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।
असोजको अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैँको फूलपातीका दिन नै शपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको थियो ।
सभापति पदको निर्वाचनमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको थियो । थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो ।
महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका २३१ जना निर्वाचित भएका थिए । बिहीबार आयोजित शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पछि आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सानेपामा आयोजित समारोहमा उपस्थित हुन नसकेका विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले जुममार्फत शपथ ग्रहण कार्यक्रममा सहभागी हुने जानकारी निर्वाचन समितिलाई गराएका छन् ।







सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार