काठमाडौं । नेपाली सेयर बजारमा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि भएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ ।
यसअघि बुधबार पनि नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको थियो । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
बिहीबार बजार परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । यस दिन ४५० वटा कम्पनी तथा धितोपत्रका स्क्रिप्सको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा बेनी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । बुधबार पनि उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको थियो ।
त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ । नेपाल पुनर्बिमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआईसी एसिया बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको २५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँ तथा कुमारी बैंक र ग्रीन भेन्चर्सको समान २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये १८१ वटाको मूल्य बढेको छ भने ९१ वटाको मूल्य घटेको छ । बाँकी ६ वटाको मूल्य स्थिर रहेको छ ।
बजारमा देखिएको वृद्धिसँगै कारोबारमा रहेका १३ वटै समूहका उपसूचक सकारात्मक भएका छन् । बैंकिङ, होटल तथा पर्यटन र अन्य समूहका उपसूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् ।






एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,
बडादशैँ २०८३ को शुभकामना