भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालन भएको ‘कोशी कप-२०८३’ को उपाधि धनकुटाको पाख्रीबास नगरपालिका-५ ले जितेको छ । विगत दुई दशकदेखि कोशी युवा क्लबको आयोजनामा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ ।
भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर-१२ देउरालीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा भोजपुर, संखुवासभा र धनकुटाका विभिन्न पालिकाबाट १२ टोलीले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मण जोशीले बताउनुभयो ।
प्रतियोगिताको विजेता पाख्रीबास नगरपालिका-५ ले नगद ५५ हजार ५५५ रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ । यस्तै दोस्रो भएको भोजपुरको षडानन्द नगरपालिका-१२, देउरालीले नगद ३० हजारसहित मेडल र ट्रफी प्राप्त गर्दा तेस्रो भएको षडानन्द नगरपालिका-५, पुलबजारले नगद २० हजार तथा सान्त्वना भएको सभापोखरीले-३ ले नगद १० हजार रुपैयाँ प्राप्त गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा व्यक्तिगत विधातर्फ पुलबजारका कृष्ण रसाइली उत्कृष्ट मिडल ब्लकर, पाख्रीबासका सुगम राई उत्कृष्ट सेटर, षडानन्द–१२ का निश्चल श्रेष्ठ उत्कृष्ट लिब्रो र षडानन्द-१२ कै मनोज गजमेर उत्कृष्ट स्पाइकर घोषित हुनुभयो । यस्तै, पुलबजारका अमृत रसाइली नवप्रतिभा खेलाडी घोषित हुँदा सभापोखरी-१ धुपू, संखुवासभा अनुशासित टोली घोषित भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने विजेता पाख्रीबासका पवन थापाले हात पार्नुभयो ।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राई, षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदास, जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष देउप्रकाश राईलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विगत दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको कोशी कपले स्थानीयस्तरमा भलिबल खेलको विकाससँगै विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा र प्रतिभा पहिचानका लागि अवसर प्रदान गर्दै आएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं