नेपालगञ्ज । नबिल बैंकले तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर गरेको छ । आयोजक नेपालगञ्ज स्विमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगञ्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेलले नेपालगञ्जमा टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । नेपालगञ्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा आगामी कात्तिक १४ र १५ मा हुन लागेको प्रतियोगितामा भारतको नयाँदिल्ली र पञ्जाबका साथै नेपालका सबै प्रदेशबाट गरी दुई सयभन्दा बढी सहभागी हुने क्लबका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
आठ वर्षदेखि १७ वर्ष उमेर समूहका र १७ वर्षभन्दा माथिका खेलाडीबीच खुला प्रतिस्पर्धा हुने प्रतियोगितामा फ्रि स्टाइल, बेस्टस्ट्रोक, ब्याक स्ट्रोक, बटर फ्लाइ, रिले र व्यक्तिगत गरी ८० वटा इभेन्ट आयोजना हुने प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्का क्षेत्रीले जानकारी दिनुभयो । खेलाडीहरूले बुधबारदेखि नै नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा अभ्यास गर्न थालेका छन् ।
नेपाल पौडी संघको वार्षिक क्यालेण्डर तथा प्राविधिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका, लुम्बिनी खेलकुद परिषद् र कोहलपुर नगरपालिकाले सहकार्य गरेको प्रतियोगिता निर्देशक सूर्यमणि अधिकारी बताउनुहुन्छ । प्रतियोगितामा विद्यालय पाटर्नरका रूपमा शिखा एकेडेमी कोहलपुर, आदर्श मावि नेपालगञ्ज र वागेश्वरी एकेडेमी कोहलपुर रहेका छन् । त्यस्तै स्क्रिन पाटर्नरका रूपमा डर्मा अर्थ, आइटी पाटर्नर टेक्नो फन्ट रहेका छन् ।
बाँकेभन्दा बाहिरबाट आएका खेलाडीहरूका लागि नेपालगञ्ज स्विमिङ क्लबले चार तारे होटलहरू होटल सिद्धार्थ, सिटी प्यालेस, होटल कलपत्रु, स्नेह र डायमण्ड प्यालेसमा निःशुल्क बास र खानाको व्यवस्था गरेको छ ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म