काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
दुवै टोलीले प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि विराटनगर किङ्स चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो भने कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो ।
आजको खेलमा विराटनगर पहिलो जितको खोजीमा छ । कर्णाली भने लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफ्नो लय कायम राख्न चाहन्छ ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र