काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वरांकन (डबिङ)सुरु भएको छ । निर्माणपक्षका अनुसार बिहीबारदेखि पोस्ट प्रोडक्सनको काम अघि बढाइएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराउँदै स्वरांकनको सुरुवात गर्नुभएको छ । निर्देशक आचार्यले चलचित्र निर्माणमा गुणस्तरमा सम्झौता नगरिएको बताउँदै पोष्ट प्रोडक्सनमा पनि उत्तिकै मिहिनेत गरिने बताउनुभयो ।
सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्नेछ । चलचित्रमा हरिवंशसँगै करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको अभिनय छ । प्रशंसाले यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा रहेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पार्नुभएको हो । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको थियो ।
निर्देशक आचार्यको अघिल्लो चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । त्यसैले ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो रहने अपेक्षा गरिएको छ । चलचित्रले आगामी २०८३ माघ १ गतेदेखि प्रदर्शन मिति तय गरेको छ । यसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।




बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना