पोखरा । गुरुङ सभ्यता, संस्कृति र ऐतिहासिक परिवेशमा आधारित नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम)को परिकल्पनामा निर्माण भइरहेको चलचित्रको कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो ।
अभियान फिल्म्स प्रोडक्सन प्रालि, पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गर्नुभएको छ । चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ भने संस्कृति गुरुङले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रमा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय छ ।
गत असोज १ गते कास्कीको सिक्लेसबाट शुभमुहूर्त गरिएको चलचित्रको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा गरिएको थियो । चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार अब निर्माण पक्षले सम्पादन कार्य सुरु गर्नेछ । गुरुङ सभ्यता, मौलिक संस्कृति र ऐतिहासिक कथावस्तुलाई पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको ‘बुकी फूल’ले परम्परागत जीवनशैली र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।






भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको