काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ । उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेका २२ महिलाले नृत्य, अभिनय र कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा भएको ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेन्ट छनोट गरिनेछ । आयोजकका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले उक्त उपाधि अन्तिम स्पर्धाकै दिन घोषणा गरिने जानकारी दिनुभयो । प्रतियोगिताको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गर्नुभएको थियो ।
यही शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने अन्तिम स्पर्धामा विभिन्न पेशामा आबद्ध २२ महिला प्रतिस्पर्धा गर्दैछन् । गृहिणीदेखि चिकित्सक, इञ्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेशन डिजाइनरसम्मको सहभागिता रहेको प्रतियोगितामा प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
प्रतियोगिताकी विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथै, प्रतियोगिताबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत छनोट गरिनेछ । ती उपाधिका विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक शिला बास्तोलाले जानकारी दिनुभयो ।







पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी