हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान्–श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमान्को मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कात्तिक ११ गते राति करिब १ बजे ५३ वर्षीय टेकबहादुर मुक्तान र उहाँकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झगडा तथा कुटपिट भएको थियो । उक्त घटनामा टेकबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धानका लागि मृतकका छोरा सुरेन्द्र मुक्तानले बुधबार दिएको उजुरीका आधारमा प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी प्रेमकुमारीलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी