काठमाडौं । दराज नेपालले ‘द बिग बोस इज ब्याक’ भन्ने नारासाथ ‘दराज ११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ ल्याउने भएको छ । नोभेम्बर १ राती ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन हुने अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको अनुभव प्रदान गर्नेछ ।
अभियानअन्तर्गत ८० प्रतिशतसम्म छुट, दुई करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्रीमा निःशुल्क डेलिभरी र थाइल्याण्ड भ्रमण जित्ने अवसर समावेश गरिएको छ । तिहार र छठजस्ता पर्वको तयारीमा उपभोक्तालाई सहजता प्रदान गर्दै खर्चको अधिकतम सदुपयोग गर्न सघाउने उद्देश्यले अग्रणी ब्राण्ड र आकर्षक छुटलाई एकै ठाउँमा ल्याइएको दराजले जनाएको छ ।
अभियानभर विभिन्न सामग्री र साझेदार ब्राण्डका सीमित समयका विशेष अफर दैनिक फ्ल्यास सेलमार्फत् उपलब्ध हुनेछन् । दराजका प्लाटिनम साझेदारहरू रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पिसेफ र लभफेस ब्युटी तथा गोल्ड साझेदार ब्राण्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले ७० प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । त्यस्तै, सिल्भर साझेदारहरू फ्यान्टेक, एम्परस्याण्ड, ब्राण्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबिएल र गोल्डस्टारले ८० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन् ।
दराजका अनुसार अभियानको सुरुवात नोभेम्बर १ राती ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म चल्ने क्रस क्याटेगोरी ब्राण्ड रस आवरबाट हुनेछ । नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ भने नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राती ८ बजेदेखि मध्यरातसम्म फरक–फरक विषयमा आधारित ब्राण्ड रस आवर सञ्चालन हुनेछन् ।
जसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स ट्युजडे, नोभेम्बर ४ मा लाइफस्टाइल वेनस्डे, नोभेम्बर ५ मा एफएमसिजी थर्सडे, नोभेम्बर ६ मा दराज च्वाइस फ्राइडे, नोभेम्बर ७ मा फेसन स्याटरडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे सञ्चालन हुनेछन् । बिक्रेतामार्फत् उपभोक्ताले तीन हजार रुपैयाँसम्मका तिहार भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज च्वाइसमार्फत् तीनवटा सामान किन्दा निःशुल्क डेलिभरी र चारवटा किन्दा एउटा निःशुल्क पाइने सुविधा दिइएको छ ।
बचत थप बढाउन दराजले आठवटा बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा अतिरिक्त छुटको व्यवस्था गरेको छ । हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम दुई हजार रुपैयाँसम्मको २० प्रतिशत र डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्मको १५ प्रतिशत छुट उपलब्ध हुनेछ भने इसेवा र खल्ती बाई आइएमईमार्फत् भुक्तानी गर्ने उपभोक्ताले विशेष रस आवर अफरअन्तर्गत एक हजार रुपैयाँसम्म छुट पाउने बताइएको छ । आकर्षक छुटका अतिरिक्त न्यूनतम एक हजार एक सय ११ रुपैयाँको अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स सामग्रीको बण्डल तथा दैनिक उपहार योजनामा सहभागी हुने अवसर पाउनेछन् ।
दराज नेपालको इन्स्टाग्राममा मिस्ट्री डिलका मूल्य सही अनुमान गर्ने उपभोक्ताले विशेष उपहार ह्याम्पर जित्न सक्नेछन् । त्यसबाहेक, अनर नेपालबाट आठ जना र ग्लेन नेपालबाट एक जना खरिदकर्ताले थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । मामा अर्थबाट सात जनाले हेयर आइरन, सफारी नेपालबाट दुर्ई जनाले रिसोर्टमा विशेष बसाइ, बिग डिजिटलबाट एक जनाले वासिङ मेसिन तथा एयर फ्रायर र ब्रो स्टोर (बाल्ट्रा) बाट एक जनाले ५० इन्चको ४ के स्मार्ट टेलिभिजन प्राप्त गर्नेछन् ।







सात दशक पुरानो कानून विस्थापन
प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा
जनतालाई केन्द्रमा राखेर काम गर्न
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने
ऋणको बोझ होइन, न्यायपूर्ण वित्त
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि