काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकनमार्फत्, इमेलमार्फत् तथा सिधै ह्वाट्सएप नम्बर ९८५१३६०००५ मार्फत् खाताबारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासोसम्बन्धी जिज्ञासा राख्न सक्ने बताइएको छ ।
बैंकका अनुसार केएस मित्रमार्फत् ग्राहकले शाखामा नपुगी बैंकका सेवाबारे जानकारी लिन, खातासम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवा प्राप्त गर्न सक्नेछन् । केएस मित्रमार्फत् ग्राहकले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्नेछन् ।
ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, कर्जाको बाँकी रकम, सिआरएन, डिम्याट, केवाइसीलगायतका जानकारी पनि लिन सक्नेछन् । त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि लिन सक्ने बैंकले जनाएको छ । यदि ग्राहकले केएस मित्रमार्फत् खोजेको जानकारी उपलब्ध नभएमा स्वचालितरूपमा टिकट जारी गरिने बताइएको छ । डिजिटल एआई असिस्टेन्ट ‘केएस मित्र’ सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावकारी डिजिटल आयाम भएको बैंकले जनाएको छ ।
डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयासअन्तर्गत ‘केएस मित्र’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने उक्त पहल बैंकको ‘फ्युचर रेडी’ अवधारणाअनुरूप अघि बढाइएको बताइएको छ ।







तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने