काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो ।
विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा ९ छक्का र ३ चौका प्रहार गरे ।
यस्तै, एन्जेलो डेभिस म्याथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान दिए ।
एक समय विराटनगरले २०० रनको आँकडा पार गर्ने संकेत देखाएको थियो । तर, कर्णालीका कप्तान सोमपाल कामीले म्याथ्युज र रसेललाई आउट गर्दै विराटनगरको रनगति रोके ।
सोमपालले चार विकेट लिए । नन्दन यादव र मार्क वाटले एक–एक विकेट हात पारे ।
अब विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै कर्णाली मैदानमा उत्रिनेछ ।







साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा
मिथिलाको सांस्कृतिक धरोहर झिझिया, तान्त्रिक
चुम नुब्री, धार्चे, आरुघाट, त्रिपुरासुन्दरी,
सांसद खगेन्द्र सुनारबारे सरकार :
एनपीएलमा डीआरएस प्रविधि ल्याउने तयारी
काठमाडौं महानगरपालिकामा आजदेखि बाइक एम्बुलेन्स