काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ । चक्रवातको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ ।
काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि सामान्य वर्षा भइरहेको छ । शुक्रबार पनि आकाश धुम्म रहनुका साथै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
चक्रवातको प्रभावले मौसममा आएको परिवर्तनका कारण जनजीवन प्रभावित हुन सक्ने देखिएको छ । वर्षा र हिमपातले हवाई तथा सडक यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसममा आएको परिवर्तनलाई ध्यानमा राख्दै यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,