काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा सलिको गल्फ प्रतियोगिता आज (शनिबार) गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ कोर्समा हुने भएको छ । एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
गोकर्ण गल्फ कोर्सका निर्देशक दीपक आचार्यका अनुसार प्रतियोगितामा नेपाली कर्पोरेट क्षेत्रका गल्फरहरूको सहभागिता रहनेछ । प्रतियोगिता १८ होलको पार ७२ कोर्समा सञ्चालन हुनेछ ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा पार थ्रीको दसौँ होलमा होल इन वान गर्ने पहिलो खेलाडीलाई टाटा नेक्सन गाडी प्रदान गरिनेछ । कोर्स निर्देशक आचार्यले उक्त पुरस्कार प्रतियोगिताको विशेष आकर्षण हुने बताउनुभयो ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितामा नगद पुरस्कार भने राखिएको छैन । पुरुषतर्फ विजेता र उपविजेता, बेस्ट ग्रस, महिलातर्फ विजेता र उपविजेता तथा सिनियर र सुपर सिनियर विधाका विजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
६० वर्षमाथिका खेलाडीबीच सिनियर तथा ७० वर्षमाथिका खेलाडीबीच सुपर सिनियर विजेता छनोट गरिनेछ । यसैगरी मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र ‘सलिको ३० वर्षको विश्वास’ विधामा पनि पुरस्कार प्रदान गरिने जनाइएको छ ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म