काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रिटकल्चरलाई एउटै मञ्चमा जोड्दै ‘पल्सर आरपिएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ । पोखरा रंगशालास्थित अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बिएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुने र कार्यक्रममा प्रवेश निःशुल्क रहने कम्पनीले जनाएको छ ।
आयोजकका अनुसार काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न संस्करणपछि पोखरा पुग्न लागेको पल्सर आरपिएमले यसपटक शहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउनेछ । बुटवलमा करिब २५ सय जनाको सहभागिता रहेको कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको छ ।
कार्यक्रममा पल्सर एन १६० मार्फत् रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ । साथै बिएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केटर क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रम थप आकर्षक बनाउनेछन् । स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन १६० र एनएस २०० मोटरसाइकल प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ ।
सहभागीले पप-अपस्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्ने बताइएको छ । पल्सर आरपिएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि हो । विभिन्न खेल, कला र संगीतमा सक्रिय युवा जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभा थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।







ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस
प्रवासी नेपालीको आवाज उठाउन कांग्रेस
कांग्रेस सभापतिको दौडबाट किशोर सिंह