काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमबारे उल्लेख छ । जसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धता पुनः पुष्टि गरेको छ । नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका २० लाख ३६ हजार एक सय ९१ वटा भिडियो हटाएको जनाएको छ ।
जुन नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हो । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ प्रतिशत रहेको छ । त्यस्तै, गाइडलाइन्स उल्लंघन गरेका ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका र थप समीक्षापछि ३३ हजार पाँच सय तीन भिडियो पुनःस्थापना गरिएका पनि टिकटकले जनाएको छ । टिकटकले विश्वव्यापीरूपमा १८ करोड ८२ लाख ९८ हजार एक सय ४१ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो ।
तीमध्ये १८ करोड ३३ लाख ४४ हजार सात सय सात भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजी प्रयोगबाट हटाइएका हुन् । कम्पनीका अनुसार विश्वव्यापीरूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कन्टेन्ट पहिचान गरी हटाउने दर ९९.५ प्रतिशत रहेको छ भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका छन् । समीक्षापछि कुल ६२ लाख ६२ हजार तीन सय ८३ भिडियो पुनःस्थापना गरिएका छन् ।
टिकटकले प्रयोगकर्ता एकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको छ । सो अवधिमा १४ करोड ६८ लाख सात हजार चार सय फेक एकाउन्ट हटाइएको छ । त्यसका अतिरिक्त १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशंका गरिएका दुई करोड ६८ लाख ४० हजार सात सय ६७ एकाउन्ट पनि हटाइएका छन् ।
कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार चार सय ६३ कमेन्टसमेत हटाइएको छ । टिकटकले लाइभ फिचरमा हुने गतिविधि निगरानी र नियम कार्यान्वयन पनि प्राथमिकतामा राखेको छ । प्रकाशित सामग्रीमध्ये २.४ प्रतिशत लाइभ कन्टेन्ट निलम्बन गरिएको छ । नियम उल्लंघनको कारबाहीस्वरूप टिकटकले सात करोड ६७ लाख २१ हजार ९३ लाइभ सेसन र दुई करोड ६७ लाख ८१ हजार एक सय ३५ लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ । समीक्षा गरेपछि २३ लाख ९८ हजार आठ सय ४६ लाइभ सेसन पुनःस्थापना गरिएका छन् ।







ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस
प्रवासी नेपालीको आवाज उठाउन कांग्रेस
कांग्रेस सभापतिको दौडबाट किशोर सिंह