काठमाडौं । नेपाल प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले नेपाल प्रेस र मोटिभेट न्यूजमा कार्यरत दुई पत्रकारलाई पक्राउ गरेको हो ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई मीनभवनस्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, मोटिभेट न्यूजका पत्रकार शोभराज बराल पनि प्रहरी नियन्त्रणमा पर्नुभएको छ ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले दुवै पत्रकारलाई सादा पोसाकमा आएका प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभएको छ ।
उहाँका अनुसार नयाँ पत्रिका र दियो पोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी तथा केही व्यक्तिहरू प्रवेश गरेका छन् ।
समाचार कक्षमै प्रवेश गरेर पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने कार्यविरुद्ध सडक आन्दोलन गर्नुको विकल्प नरहेको अधिकारीले बताउनुभएको छ ।
यसैबीच, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल ई–प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेललाई पनि साइबर ब्यूरोले बोलाएको छ । समाचारका विषयमा छलफल गर्ने भन्दै उहाँहरूलाई ब्यूरोमा उपस्थित हुन भनिएको हो ।







एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा