काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गाउँलेले प्रहरीको यस्तो गतिविधिले मुलुकमा संविधान नै समाप्त हुने अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभएको छ ।
उहाँले समाचारको स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालिएको हो भने मुलुकमा संविधानको अवस्था गम्भीर बनेको उल्लेख गर्नुभएको छ ।
‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ उहाँले लेख्नुभएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने भए पनि अहिले संविधानकै रक्षाका लागि लड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौँला, पहिले संविधान जोगाउन लड्नुपर्ने भयो,’ गाउँलेले भन्नुभएको छ ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको