काठमाडौं । नयाँ पत्रिका दैनिकको समाचार कक्षमा सादा पोसाकमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ नयाँ पत्रिका दैनिक प्रतिष्ठान शाखाले आपत्ति जनाएको छ ।
शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कार्यप्रति घोर भर्त्सना गरेको हो ।
शाखाका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजे सादा पोसाकमा आएका सात जना प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा जबर्जस्ती प्रवेश गरेका थिए । उनीहरूले नयाँ पत्रिका प्रतिष्ठानका पूर्वअध्यक्ष तथा खोज तथा अनुसन्धान ब्युरो संयोजक नवराज मैनालीलाई जबर्जस्ती कार्यालयबाट लैजान खोजेका थिए ।
आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको बताउने प्रहरी टोलीले मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउनुपर्ने भन्दै नियन्त्रणमा लिन खोजेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले पक्राउ पुर्जी नदेखाएको र मैनालीलाई लैजानुको स्पष्ट कारणसमेत नखुलाएको अवस्थामा उनलाई कार्यालयबाट लैजान जिद्दी गरेको शाखाको भनाइ छ ।
समाचारप्रति कुनै असहमति वा गुनासो भएमा प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा उजुरी गर्न सकिने तथा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै प्रहरी समाचार कक्षमै प्रवेश गरेर धरपकडको प्रयास गर्नु खेदजनक रहेको शाखाले जनाएको छ ।
शाखाले प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने यस्ता गतिविधि तत्काल रोक्न र पत्रकारको व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।








झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका