काठमाडौं । नेपाल प्रेसको न्युजरुमबाट पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा हुनुभएको छ ।
रिहाइपछि नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताउनुभएको छ ।
उहाँले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो पत्रकारिताको कर्तव्य निर्वाह गर्दै आएको र प्रहरीप्रति उच्च सम्मान रहेको बताउनुभयो । तर समाचार कक्षमै प्रवेश गरेर समाचारको विषयलाई लिएर सोधपुछ गर्नुका साथै नियन्त्रणमा लिइएको घटनाले आफूलाई दुःखी बनाएको उहाँको भनाइ छ ।
‘मैले सधैँ प्रहरी प्रशासनमाथि विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गरेँ। प्रहरी प्रशासनप्रति मेरो सधैँ उच्च सम्मान थियो। तर आज समाचार कक्षमै पसेर समाचारको विषयलाई लिएर जसरी मसँग सोधपुछ गरियो र नियन्त्रणमा लिइयो, त्यसले मलाई साह्रै चित्त दुखेको छ। यसले प्रहरीप्रतिको मेरो पुरानो विश्वासमा धक्का पुगेको छ,’ सुवेदीले भन्नुभयो ।
आफू पक्राउ पर्दा ऐक्यबद्धता जनाउने, साथ र समर्थन व्यक्त गर्ने सम्पूर्ण साथीभाइ तथा शुभचिन्तकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा