काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारी कदमप्रति आपत्ति जनाउनुभएको हो ।
लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न उठाउनु र आलोचना गर्नु स्वतन्त्र प्रेसको संवैधानिक अधिकार तथा लोकतान्त्रिक दायित्व भएको उहाँले उल्लेख गर्नुभएको छ ।
‘सरकारले डरपोक शैलीमा प्रश्नबाट डराएर प्रश्न गर्नेहरूको मुख थुन्ने, कलम रोक्नेभन्दा सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिने साहस राख्नुपर्छ,’ उहाँले लेख्नुभएको छ ।
कानुनी शासनको नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने छुट सरकार वा सरकारी निकायका अधिकारीहरूलाई नभएको शिवाकोटीको भनाइ छ ।
पत्रकार वा सञ्चारमाध्यमबाट कानुनविपरीत काम भएको ठानिए स्थापित कानुनी प्रक्रिया र स्वतन्त्र न्यायिक प्रणालीमार्फत त्यसको निरूपण हुनुपर्ने उहाँले बताउनुभएको छ ।
राज्यशक्तिको दुरुपयोग र त्रास सिर्जना गरेर सञ्चारमाध्यममाथि दबाब बढाउने कार्य सभ्य समाजमा स्वीकार्य नहुने उल्लेख गर्दै शिवाकोटीले पक्राउ परेका पत्रकारहरूको तत्काल रिहाइ, सञ्चारमाध्यममाथिको धरपकड बन्द र प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति सुनिश्चित गर्न माग गर्नुभएको छ ।




कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट