काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेर धरपकड गर्ने प्रहरी शैलीप्रति आपत्ति जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परियारले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र नियन्त्रणमा लिने प्रयास गर्नु निन्दनीय भएको बताउनुभएको छ ।
उहाँले पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटना र नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पुगेको विषयमा सरकारसँग छानबिनको माग गर्नुभएको छ ।
‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु,’ उहाँले लेख्नुभएको छ ।
संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व बोकेको प्रहरी संगठनको यस्तो शैली ‘पुलिस स्टेट’ अर्थात् प्रहरी राजतर्फ उन्मुख देखिएको उहाँको टिप्पणी छ ।
बिदाको मुखमा गरिएको प्रहरीको उक्त गतिविधि छानबिनयोग्य रहेको उल्लेख गर्दै उहाँले सरकारसँग मिडियामाथिको धरपकड प्रकरणको छानबिन गर्न विशेष माग गर्नुभएको छ ।
पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषयको निरूपण प्रेस काउन्सिलमार्फत गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता