काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो ।
मन्त्रालयका अनुसार सरकारको स्वीकृतिमा सञ्चालन हुँदै आएको एन प्याब्सनले मन्त्रालयबाट जारी गरिएका निर्देशन पटक–पटक उल्लंघन गर्दै आएको थियो । त्यस्तै, संस्थाका पदाधिकारीबाट सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्य विपरीतका गतिविधि भएको पनि मन्त्रालयको भनाइ छ ।
यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ र मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार गतिविधि सञ्चालन गर्न आग्रह गरेको थियो । तर, पटक–पटक सचेत गराउँदा र निर्देशन दिँदा पनि पालना नभएपछि निलम्बनको निर्णय लिनुपरेको मन्त्रालयले स्पष्ट पारेको छ ।
निलम्बनसँगै मन्त्रालयले एन प्याब्सनको नाम प्रयोग गरी कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने चेतावनी दिएको छ । सूचना जारी भइसकेपछि संस्थाको नाममा कुनै पनि कार्यक्रम, गतिविधि वा संगठनात्मक काम कारबाही गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्णयसँगै अब एन प्याब्सनको नाममा हुने कुनै पनि गतिविधि गैरकानुनी हुने भएको छ ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म