सुर्खेत । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो ।
स्थानीयका अनुसार हिजो राति करिब ९-१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ । आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ ।
निरन्तर हिमपात भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्नुका साथै आवतजावतमा समेत समस्या हुने गर्दछ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता