काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
बिहानैदेखि आकाश धुम्मिनुका साथै निरन्तर वर्षा हुँदा सर्वसाधारणको दैनिक गतिविधिमा असर परेको छ। वर्षाका कारण सडकमा सवारीसाधनको चाप र आवतजावतमा समेत प्रभाव परेको छ । विशेषगरी पैदलयात्रु, साइकल तथा दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गर्नेहरू बढी प्रभावित भएका छन् ।
चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा बदली, वर्षा तथा उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
वर्षाका कारण बाहिरी काम तथा आवतजावत प्रभावित भएपछि काठमाडौं उपत्यकाको शनिबारको जनजीवनसमेत प्रभावित बनेको छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता