बाजुरा । लगातारको वर्षासँगै बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाका नौवटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।
जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी, सुर्के पाटन, सिन्तवा पाटन, बूढीनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख र घोडीलेक लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो।
बिहीबारदेखि लगातार वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएपछि स्थानीयको दैनिक जनजीवन कष्टकर बनेको छ। वर्षा र हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
तस्विर: गाेविन्द्र राज तिमिल्सेना/नेपाल न्यूज बैंक







पूर्वप्रधानन्यायाधीश जबराको घरमा पनि सम्पत्ति
नक्सा संशोधनका लागि एक लाख
मन्त्रिपरिषद् बैठक बस्दै
मधेसको शिक्षा सुधारका उपाय खोजेर
लुम्बिनीका ७ प्रतिशतभन्दा बढी बालबालिका
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय