कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको समुन्नत विकासका लागि लगानीको वातावरण निर्माण गर्न र लगानीकर्तालाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ।
सुदूरपश्चिमेली नेपाली समाजको चौथो अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण, वीरताका गाथा बोकेको र मौलिक संस्कृतिले सम्पन्न प्रदेश भएको बताउनुभयो।
प्रदेशको समग्र विकास र समृद्धिका लागि सबैको सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले विश्वका विभिन्न देशमा रहेका सुदूरपश्चिमेलीलाई आफ्नो जन्मभूमिको विकासमा योगदान गर्न आग्रह गर्नुभयो।
विदेशमा रहेका नेपालीले आफ्नो क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिगत जीवनमा कति उपलब्धि हासिल हुन्छ भन्ने निश्चित नभए पनि आफ्नो माटो, देश र प्रदेशका लागि केही योगदान गरेर जानुपर्ने बताउनुभयो।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा लगानी भित्र्याउन आवश्यक वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। लगानीकर्तालाई आवश्यक सहयोग र सहजीकरण गर्न प्रदेश सरकार सधैँ तयार रहेको उहाँले बताउनुभयो।
विदेशमा रहेका सुदूरपश्चिमेलीको ज्ञान, सीप, अनुभव, पुँजी र प्रविधिको उपयोग गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा