शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले प्रेसमाथिको हस्तक्षेपले सरकारको कार्यशैलीमा शाहीकालीन झल्को दिएको टिप्पणी गर्दै यस्तो गतिविधिले सरकारलाई पतनको बाटोतर्फ लैजाने चेतावनी दिएका छन्।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि सीधा हस्तक्षेप गरेर लोकतन्त्रको घाँटी निमोठ्न खोजेको आरोप लगाउनुभयो।
‘बालेन सरकार आउनेबित्तिकै विज्ञापन रोकेर आर्थिक नाकाबन्दी गर्यो। त्यसपछि लगातार पत्रकार पक्राउ गर्ने कार्य जारी भयो। अहिले आएर शाहीकाललाई माथ खुवाउने अभ्यास गरिएको छ,’ उहाँले भन्नुभयो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले आफ्ना गलत कदम ढाकछोप गर्न सञ्चारजगत्माथि प्रहार गरेको आरोप लगाउनुभयो। कानुनी राज्यमा कसैको सनकका आधारमा शासन सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो।
‘कानुनी राज्य कसैको सनकले चल्दैन। बालेनजी सनकी तानाशाह बन्न खोजेको हो भने यो देशमा संविधान छ, कानुन छ। तपाईंको भारदारी प्रथा चल्दैन,’ त्रिपाठीले भन्नुभयो।
पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गरेर समाचार स्रोतबारे सोधपुछ गर्नु आपराधिक चरित्र भएको दाबी गर्दै उहाँले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको अक्सिजन र जनताको मुटुको संज्ञा दिनुभयो। ‘के संवैधानिक व्यवस्था निलम्बित भएको हो र ?’ उहाँले प्रश्न गर्नुभयो।
प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चनले लोकतन्त्रको मुख्य रक्षक मानिने मिडिया जगत्लाई आतंकित बनाउने कार्य भर्त्सनायोग्य रहेको बताउनुभयो। पत्रकारलाई नियन्त्रणमा लिने घटनाले सरकार कुन दिशातर्फ अघि बढिरहेको छ र के गर्न खोजिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उहाँको भनाइ थियो।
मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बरालले आफूलाई आफ्नै कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको र समाचार स्रोतबारे सोधपुछ गरेको बताउनुभयो।
त्यस्तै, डिएनए खबरका सम्पादक धिरज बस्नेतले आफूलाई ईसेवा स्क्यामसम्बन्धी विषयमा जानकारी लिनुपर्ने भन्दै झुक्याएर अपराध महाशाखा लगिएको बताउनुभयो।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका