काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ।
वर्षाले प्रभावित खेल सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले निकै कठिन परिश्रम गरेपछि खेलका लागि मैदान तयार भएको हो। मैदान निरीक्षण गरेपछि अम्पायरहरूले ५–५ ओभरको खेल सञ्चालन गर्ने निर्णय गरेका छन्।
पछिल्लो तालिकाअनुसार खेलको टस साँझ ७:२५ बजे हुनेछ भने खेल ७:४१ बजे सुरु हुनेछ।
खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ। स्कोरबोर्डतर्फको दोस्रो विकेटमा खेल सञ्चालन गरिनेछ।
५ ओभरको छोटो खेल र छोटो बाउन्ड्रीका कारण प्रतिस्पर्धा रोमाञ्चक तथा उच्च स्कोरको हुन सक्ने अपेक्षा गरिएको छ।





आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड