काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेलमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो।
वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको छ। मैदान सुकाउन समय लागेपछि खेल ५–५ ओभरमा सीमित गर्ने निर्णय गरिएको थियो।
यसअघि खेल साँझ ७:४१ बजे सुरु हुने भनिएको थियो। तर, मैदानको अवस्थालाई लिएर सुदूरपश्चिमले खेलाडीको सुरक्षाको विषय उठाएको थियो। बाउन्ड्री छोटो बनाइएको विषयमा पनि टोलीले असहमति जनाउँदै खेल्न मानेको थिएन।
लामो छलफलपछि सुदूरपश्चिम खेल्न तयार भएको हो। त्यसपछि दुवै टोलीका कप्तान टसका लागि मैदानमा पुगेका थिए।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता