काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।
तीन खेल खेलेको विराटनगरले पहिलो जित हात पार्दै दुई अंक जोडेको छ। यससँगै विराटनगरले प्रतियोगितामा अंकको खाता खोलेको छ।
विराटनगरको जितमा रसेलले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिए। उनले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा एक विकेट लिए। यस्तै, फिल्डिङमा एक क्याच पनि लिए।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए। ओपनर सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन जोड्दा आरिफ शेखले पनि अविजित १७ रन बनाए।
बलिङतर्फ विराटनगरका लागि दुई ओभर बलिङ गरेका रसेलले आठ रन खर्चेर एक विकेट लिए। एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन दिँदै एक विकेट हात पारे।







तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने