नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप शनिबारदेखि नेपालगञ्जमा आरम्भ भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतियोगिताको पहिलो दिन १७ इभेन्ट सम्पन्न हुँदा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण जित्दै अग्रता लिएको छ । भारतको नयाँ दिल्लीस्थित इलाइट स्विमिङ एकेडेमीले चार तथा ललितपुरको रातो बंगला र काठमाडौंको मपिल क्यानेडियन स्कुलले एक-एक स्वर्ण जितेका छन् ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सबै प्रदेश तथा भारतको दिल्ली र लखनउबाट गरी १५० खेलाडी सहभागी छन् । अण्डर-८ देखि अन्डर-१७ र ओपनतर्फका खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शनिबार केही इभेन्टका हिट चरण सम्पन्न भएका छन् भने बाँकी प्रतिस्पर्धाका फाइनल आज (आइतबार) हुनेछन् । प्रतियोगितालाई नबिल बैंकले मुख्य प्रायोजन गरेको छ । नेपाल स्विमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजित च्याम्पियनसिपले पौडी खेलको प्रवर्द्धन र विकासमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,