काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ । प्रतियोगिता स्विस लिग प्रणालीबमोजिम नौ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५३ हजार रुपैयाँ रहेको छ ।
खुलातर्फ एक हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि पाँच सय दर्ता शुल्क तोकिएको छ । उपत्यका बाहिरका खेलाडीको आवासको व्यवस्था आयोजकले गर्ने बताइएको छ । काठमाडौं महानगरपालिका वडा १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह-आयोजनामा हुने दुईदिने प्रतियोगिताका खेलहरू नयाँ बजारस्थित मल्टि भेन्युमा खेलाइने छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता