काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनी एफएमआई लिमिटेडको ब्राण्ड फ्रिमांसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । फ्रिमांसको नेपाल प्रवेशसँगै भएको यो सहकार्यलाई कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस साझेदारीमार्फत कम्पनीले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा व्यावसायिक साझेदारसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।
आफ्नो उत्कृष्ट खेल प्रदर्शन, बहुआयामिक क्षमता र प्रतिस्पर्धी भावनाका लागि परिचित ऐरीलाई कम्पनीले ब्राण्डको मूल मान्यता र पहिचानसँग मेल खाने व्यक्तित्वका रूपमा छनोट गरेको जनाएको छ । सटिकता, गुणस्तर, विश्वसनीयता र उत्कृष्ट कार्यसम्पादनलाई प्राथमिकता दिँदै आएको फ्रिमांसले ऐरीको लोकप्रियतामार्फत नेपाली उपभोक्तामाझ आफ्ना उत्पादनबारे जनचेतना बढाउने अपेक्षा गरेको छ ।
साझेदारीबारे प्रतिक्रिया दिँदै एफएमआई लिमिटेड (फ्रिमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण रणनीतिक बजार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य नेपालमा उत्पादन उपलब्ध गराउनु मात्र होइन, नेपाली बजारलाई बुझ्ने र ग्राहक तथा साझेदारको विकासमा योगदान पुर्याउने विश्वसनीय ब्राण्डका रूपमा स्थापित हुनु हो । दीपेन्द्र सिंह ऐरी मेहनती, महत्त्वाकांक्षी र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताका नेपालीको सशक्त प्रतिनिधि हुन् । उनलाई फ्रिमांस परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन हुने विश्वास लिएका छौँ ।’
नयाँ जिम्मेवारीबारे क्रिकेटर ऐरीले पनि खुसी व्यक्त गर्नुभएको छ । ‘गुणस्तर, सटिकता र विश्वसनीयताका लागि परिचित फ्रिमांससँग जोडिन पाउँदा निकै खुसी छु । नेपाली बजारमा ब्राण्डको यात्राको हिस्सा बन्न पाउनु मेरा लागि उत्साहजनक छ । यस सहकार्यबाट नेपाली उपभोक्ता तथा व्यवसायीमाझ ब्राण्डको सम्बन्ध विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो ।
मेजरिङ टेप उत्पादनबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको फ्रीमांसले हाल स्पिरिट लेभल, मेजरिङ ह्विल, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिङ टुल्स, डिजिटल मेजरिङ टुल्स तथा पावर टुल्सका एसेसरिज लगायतका उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादन व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा सर्वसाधारण उपभोक्तालाई लक्षित छन् । सन् १९५० मा स्थापना भएको एफएमआई लिमिटेड भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनीमध्ये एक हो ।




नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार
चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना