काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र केसी, साहित्यकार अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, मधेसी आयोगकी सदस्य रेणुदेवी साह र पूर्वअध्यक्ष सन्ध्या पहारी चयन हुनुभएको हो ।
यसैगरी, च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई महिला समितिको संयोजकको जिम्मेवारी दिएको छ । उहाँको नेतृत्वमा गठन हुने समितिले महिला साहित्यकारको सिर्जनात्मक सहभागिता, नेतृत्व र उपस्थितिलाई सशक्त बनाउने लक्ष्य राखेको छ ।
अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालका अनुसार नवनियुक्त सल्लाहकारहरू भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।
च्याप्टरले नेपाली भाषा तथा साहित्यको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि विभिन्न विधागत समितिसमेत क्रमशः गठन गर्दै जाने जनाएको छ । नवनियुक्त सल्लाहकार समितिबाट संस्थाको आगामी कार्ययोजनामा आवश्यक मार्गदर्शन, अनुभव र रचनात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिएको महासचिव दाहालले बताउनुभयो ।







राशिफल २४ असोज, कन्या :
पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको