काठमाडौं । रेसमा सुनुवारको स्वरमा रहेको गीत ‘भैलेनी देउसीरे’ सार्वजनिक भएको छ । रेशमाकै शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको संगीत संयोजन तथा ध्वनि मिश्रण पुष्कर सुनुवारले गर्नुभएको छ । मेलोडी नेपाल स्टुडियोमा तयार पारिएको गीतको दृश्यमा बिना राउत, तालिशा गुरुङ, उत्तम केसी, ध्रुव कोइरालालगायतको अभिनय छ । निरेन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा नितिन वाइबाको कोरियोग्राफी रहेको छ । भिडियोमा मोहन सुनुवारको छायांकन तथा सम्पादन छ ।
पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो । आरएमडी टक्सको सहयोग रहेको यस सांगीतिक प्रस्तुतिले नेपाली मौलिक भैली तथा देउसी संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्याउने अपेक्षा गरिएको छ । गीत स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आइट्युन्स, सावन, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।







अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा
बडादशैँमा सिक्वेलको महाभिडन्त
ती दिनहरू फेरि आउँलान र
दशैँको शुभकामना
हिमाली क्षेत्रमा वर्षा र हिमपातको
कति छ आज विदेशी मुद्राको