एजेन्सी । सलमान खानको रियालिटी शो ‘बिग बोस २०’मा कनिका मान घरको नयाँ क्याप्टेन बन्नुभएको छ । पछिल्लो एपिसोडमा भएको क्याप्टेन्सी टास्कमा अन्य प्रतियोगीलाई पछि पार्दै उहाँले यो जिम्मेवारी जित्नुभएको हो ।
टास्कमा प्रतियोगीहरू निश्चित आकारको बक्सभित्र उभिनुपर्ने नियम थियो । अन्तिम प्रतिस्पर्धा लव गिल, आसिफ खान र कनिकाबीच भएको थियो । लव र आसिफ बाहिरिएपछि कनिका विजयी हुनुभएको हो ।
टास्कका क्रममा गुल्लु र यङ डीएसएबीच धक्कामुक्कीसमेत भएको थियो । गुल्लू बाहिरिएपछि यङले जिस्क्याएपछि विवाद चर्किएको हो । त्यस्तै, स्काउट ओपी र अरिश्फा खानबीच पनि अरिश्फाको घुँडा स्काउटको अनुहारमा लागेपछि भनाभन भएको थियो ।
यस साता घरबाट बाहिरिने प्रक्रियाका लागि स्काउट ओपी, आम्रपाली दुबे, लवप्रीत गिल, गुल्लु, कनिका मान र आसिफ खान गरी ६ जना मनोनयनमा पर्नुभएको छ । आगामी ‘विकेन्डका वार’ कार्यक्रममा सलमान खानले उहाँहरूमध्ये एक प्रतियोगी घरबाट बाहिरिएको घोषणा गर्नुहुनेछ ।







पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा