काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २२औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियमनकारी निकायप्रति आभार गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन सिजापतिले आगामी दिनमा बैंकका सेवा थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ । हुम्लाको सिमकोटस्थित डाँडाफया स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने, सिमकोटस्थित श्री रामदेव माध्यमिक विद्यालयका एकसय तीनजना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिने, रोल्पाको सुनिलस्मृति गाउँपालिकास्थित खुद्री स्वास्थ्यचौकीलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराइने बैंकले घोषणा गरेको हो ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब