काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबिएएन) मा नयाँ नेतृत्व चयन भएको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो ।
एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल तथा कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ दिपेश लम्साल रहनुभएको छ ।
सदस्यमा मुक्तिनाथ विकास बैंक सिइओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सिइओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सिइओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सिइओ अनन्तकुमार चापागाईं रहनुभएको एसोसिएसनले जनाएको छ ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दिनेश थकालीले बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरूमा प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल नेपालमा १७ विकास बैंकहरू सञ्चालनमा छन् ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर